वेद काफ्ले तथा परिवारको होमपेजमा यहाँलाई स्वागत छ ।

www.vedkafle.org.np

 

गृह पृष्ठ

परिवार तथा तस्विरहरू

>> वेद

>> सुषमा

>> ऋचा
अध्ययन तथा अनुसन्धान
सम्पर्क
English version

 

सुषमा काफ्लेको होमपेज:

सुनसरी जिल्लाको इनरूवामा जन्मी हुर्की, त्यहीको शारदा माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म पढी २०४९ सालमा प्रवेशिका परीक्षा पास गरेकी हुँ । त्यस पछि इनरूवा कै सुनसरी बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाण पत्र तह र स्नातक तहको अध्ययन २०५६ सालमा पुरा गरे । मेरो पढाइका मुख्य विषय अर्थशास्त्र र नेपाली साहित्य हुन् । त्यस पछि विराटनगरको स्नातकोत्तर क्याम्पसबाट नेपाली विषयमा एम्०ए०का परीक्षा २०५९ सालमा प्रथम श्रेणीमा उत्तीर्ण गरे ।
हाम्रो विवाह २०५७ सालमा भएको हो । तत् पश्चात १ वर्ष हामी कोरियाको सउल सहरमा बस्यौ । २०६० र २०६४ सालमा हाम्रा छोरीहरू श्रेया र ऋचाको जन्म भयो । २०६१ साल देखि हालसम्म हामी जापानमा बस्दैछौ ।

म फूर्सदको समयमा साहित्यका किताब पढ्ने, पार्कहरू घुम्ने, विभिन्न परिकारका खाना पकाउन सिक्ने, सजावटका सामग्री बनाउने जस्ता काम गर्न रूचाउछु । मलाई संगीत र नृत्य पनि मन पर्छ ।

म यो पेजमा फुर्सदको समयमा अरू कुराहरू थप्दै जाने छु ।

मेरा केही फोटाहरू तल छन् । सबै फोटाहरू हेर्नलाई तलको फोटोमा क्लिक गर्नु होला ।

 

Updated October 14, 2007

 

©2006-2007 Kafle