|
वेद काफ्ले तथा परिवारको होमपेजमा यहाँलाई स्वागत छ । www.vedkafle.org.np
| |||||||||||
|
|
यो मेरा फोटाहरुले भरिएको होमपेजमा हजुरको स्वागत छ । मेरो नाम ऋचा हो । २०६५ असोज: अहिले म एक वर्ष एक महिनाकी भए । अहिले म दौडन सक्ने भए । मलाई बच्चाको बग्गीमा बस्न भन्दा हिड्न बढि मनलाग्छ । म हिले पापा, मामा, बुबु, आदि शब्द बोल्न सक्छु । म आफूलाई नाना भन्छु । मलाई चाहिएको कुरो माग्न म नाना नाना भन्दै माग्छु । हामी गत महिना स्वीजरल्याण्ड र फ्रान्स घुम्न गएका थियौ । मलाई पेरिस घुम्न खुब मन परो । मैले जेनेभाको तालको छेउछाउ पनि खुब उभ्री उभ्री खेले । तलको फोटो पनि त्यहि ताल वरपरको हो ।
२०६५ जेठ: म अहिल नौं महिनाकी भए । म अहिले उभिन सक्ने भएकी छु । बाबाको हात समातेर दुई-चार पाइला हिड्न पनि सक्छु । गत महिनादेखि म केटाकेटी खेल्ने स्कूल जान थालेकी छु । मेरो कक्षामा ६ जना साथीहरू छन् । म उनीहरूसँग खुब खेल्दछु । केहि दिन पहिला हाम्रो स्कूलमा खेलकुद कार्यक्रम भएको थियो । तलको फोटामा हामी एउटा ट्रलीमा बसेर खेलकुदमा सहभागी हुदै छौ । २०६५ जेठ मेरा अरू फोटाहरू अर्को पेजमा छन । कृपया यहा क्लिक गर्नु होस् ।
|
|||||||||
|
©2006-2008 Kafles | |||||||||||