वेदको परिचय

 

गृह पृष्ठ
परिवार तथा तस्विरहरू
>> वेद

>> सुषमा

>> ऋचा
अध्ययन तथा अनुसन्धान
सम्पर्क
English version

 

वेदको बारेमा:

म नेपालको पूर्वाञ्चलमा पर्ने तेह्रथुममा जन्मेर ३ बर्षसम्मको बाल्यकाल त्यही ब्यतित गरी तत् पश्चात सुनसरी जिल्लाको बबिया भन्ने ठाउमा हुर्के बढेको हुँ । प्राथमिक र निम्म माध्यमिक स्तरको मेरो पढाइ बबियाको श्री सरस्वती निम्न माध्यमिक विद्यालयमा वि०सं० २०३३ देखि २०४० सम्म भयो । त्यस पछि इनरूवामा अबस्थित श्री भगवती माध्यमिक विद्यालयबाट कक्षा ८ दखि १० सम्मको अध्ययन पुरा गरी २०४४ सालमा प्रवेशिका परीक्षा (SLC) प्रथम श्रेणीमा उत्तीर्ण गरे ।

विद्यालयस्तरीय अध्ययन पश्चात उच्च शिक्षाका लागि महेन्द्र मोरङ्ग क्याम्पस विराटनगरबाट विज्ञान विषयको प्रवीणता प्रमाण पत्र तहको पढाइ पुरा गरी भारतको चण्डिगढमा इञ्जिनीयरिङ्ग अध्ययन गर्न गए । पञ्जाब इन्जिनीयरिङ्ग कलेजको इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन विभागबाट वि०सं० २०५२ मा स्नातक स्तरको अध्ययन विशिष्ठ श्रेणीमा पुरा गरे । तत् पश्चात नेपालमा आई ६ महिना पुल्चोक क्याम्पसमा अध्यापन गरे । सोही समयमा राष्ट्रिय कम्प्युटर केन्द्र (हाल विघटित) मा कम्प्युटर सम्बन्धि प्रशिक्षण दिने काम पनि गरियो । त्यस पछि सरकारी जागिर र नेपाल इञ्जिनीयरिङ्ग कलेजमा आंशिक प्राध्यापनमा ५ वर्ष बिताइ वि०सं० २०५७ सालमा स्नाकोत्तर शिक्षाका लागि दक्षिण कोरियातिर लागे ।

दक्षिण कोरियाको राजधानी सउल सहरमा अबस्थित सउल राष्ट्रिय विश्वविद्यालय (सउल नेशनल युनिवर्सिटी) बाट कम्प्युटर विज्ञान विषयमा स्नातकोत्तर तहको अध्ययन २०६० सालमा पुरा गरे । त्यस पछि २०६० साल असोज देखि जापानको कानागावा प्रिफेक्चर (प्रान्त) को हायामा सहरमा अवस्थित ‘विशिष्ठ अध्ययनका लागि स्नाकोतर विश्वविद्यालय’ (द ग्राजुएट युनिवर्सिटी फर एड्भान्स्ड स्टडिज) को सूचना विज्ञान (इन्फरमेटिक्स) विभाग अन्तर्गतको राष्ट्रिय सूचना विज्ञान प्रतिष्ठान (नेशनल इन्स्टिट्युट अफ इन्फरमेटिक्स), टोकियोमा इन्टरनेट प्रविधि सम्बन्धमा शोध गरी २०६३ साल असोजमा विद्यावारीधि हासिल गरे । अध्ययन पुरा गरेदेखि हाल सम्म टोकियोमा अवस्थित राष्ट्रिय सूचना तथा संचार प्रविधि प्रतिष्ठान (नेशनल इन्स्टिट्युट अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलजी) मा भविष्यको इन्टरनेट संरचनासंग सम्बन्धित क्षेत्रमा काम गर्दैछु ।

म अध्ययनबाट फूर्सद मिलेको समय खेलकुद गरेर, छोरीहरू सँग खेलेर, विभिन्न ठाउहरू घुमेर, पत्रपत्रिका पढेर, र साथीभाइ भेटेर बिताउने गर्दछु । खेलकुदमा म दौडने र ब्याडमिन्टन खेल्ने गर्छु ।

अध्ययन अनुसन्धानका क्रममा मैले हालसम्म निम्न देश (सहर) को भ्रमण गरेको छु ।

१) संयक्त राज्य अमेरिका: (बोस्टोन २००४, सिकागो २००७, फिलअडेल्फिया २००८)
२) क्यानाडा: (टोरोन्टो २००६, मोन्ट्रिएल २००६, भ्यानकुभर २००८)
३) फ्रान्स: (पेरिस २००५, स्ट्रासबोर्ग २००५, कोल्मार २००५)
४) जर्मनी: (फ्राइबर्ग २००५, फ्रांक्फर्ट २००७, हाइडेलबेर्ग २००७)
५) स्पेन: (बार्सेलोना २००५)
६) स्विजरल्याण्ड: (जेनेवा २००८)
७) चेक गणतन्त्र: (प्राग २००७)
८) आयरलाण्ड: (डब्लिन २००८)
९) जापान: (होक्काइदो देखि ओकिनावा सम्मका प्राय: जसो सबै मुख्य सहरहरू, २००३-हाल सम्म)
१०) दक्षिण कोरिया: (सउल, देगु, ग्वाङ्जु, देजन, जन्जु, जेजुदो, आदि सहरहरू, २०००-२००३, २००८)
११) सिंगापुर (१९९९)
१२) भारत: (दिल्ली, मुम्बइ, चण्डीगढ लगायत अरू धेरै सहरहरू, १९९१-११९५, १९९९)
१३) पाकिस्तान: लाहोर (१९९१)

मेरो अध्ययनको विषयका सम्बन्धमा विस्तृत जानकारीका लागि यहा क्लिक गर्नु होला ।
अध्ययन तथा अनुसन्धान

मेरा केही फोटाहरूका लागि यहा क्लिक गर्नु होला ।

©2006-2008 Kafles